गुणस्तरीय बिउबिजनमा कृषकको पहुँच बढाउन आवश्यक छ : कृषिमन्त्री अधिकारी

हिमाल प्रेस १२ पुष २०८१ ११:३८ | Friday, December 27, 2024
गुणस्तरीय बिउबिजनमा कृषकको पहुँच बढाउन आवश्यक छ : कृषिमन्त्री अधिकारी

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बिउबिजनमा कृषकको पहुँच बढाउन आवश्यक रहेको बताएका छन्। यसका लागि सरकारी, निजी तथा सहकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उनले बताए।

नेपाल बिउ व्यवसायी संघको २६ औँ साधरणसभा तथा अधिवेशनलाई आज काठमाडौँ सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रको आधारस्तम्भ बिउ भएकाले समयमै गुणस्तरीय बिउ किसानलाई उपलब्ध गराउन व्यवसायीले ध्यान पुर्‍याउन आवश्यक रहेको बताए। मन्त्री अधिकारीले आम नागरिकको घर खेतसम्म बिउ पुग्ने र यसमा समस्या देखिँदा खाद्य संकटसमेत आउनसक्ने भएकाले बिउबिजनमा ध्यान दिनुपर्ने बताए।

‘उन्नत जातका बिउबिजनको प्रयोगले हाम्रो उत्पादकत्व बढाउने मात्र होइन, किसानको आयस्तरमा पनि उल्लेखनीय वृद्धि ल्याउन सक्छ र देशको खाद्य सुरक्षालाई सुनिश्चित गर्न सक्छ, उचित समयमा उपलब्ध हुने गुणस्तरीय बिउबिजनले कृषिको उत्पादन १५ देखि २० प्रतिशत बढाउने तथ्य विश्वव्यापी रूपमा स्थापित छ,’ मन्त्री अधिकारीले भने।

उनले बिउबिजनका कारण कृषकको आर्थिक नोक्सानी हुने अवस्थामा कृषकलाई क्षतिपूर्ति प्रदान गर्न राज्य निर्मम हुने बताए। मन्त्री अधिकारीले गुणस्तरीय बिउबिजनमा कृषकहरूको पहुँच बढाउन सरकारले कानुनी, संरचनागत तथा संस्थागत प्रबन्धहरू विगतदेखि नै गर्दै आइरहेको भन्दै बिउबिजन ऐन, २०४५ तथा बिउबिजन नियमावली, २०८१ मा भएका नयाँ व्यवस्थाहरू निजी क्षेत्रमैत्री रहेको पनि बताए।

प्रकाशित: १२ पुष २०८१ ११:३८ | Friday, December 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast