रजिस्ट्रेसनमा विद्यार्थीलाई सजिलो बनाउँदै बोर्ड, कक्षा ९ देखि १२ सम्म एउटै नम्बर

हिमाल प्रेस ११ पुष २०८१ १६:०९ | Thursday, December 26, 2024
2
SHARE
रजिस्ट्रेसनमा विद्यार्थीलाई सजिलो बनाउँदै बोर्ड, कक्षा ९ देखि १२ सम्म एउटै नम्बर

काठमाडौँ- अब कक्षा ९ देखि १२ सम्म एउटै रजिस्ट्रेसन नम्बर लागू गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आगामी शैक्षिक सत्रदेखि कक्षा ९ को रजिस्ट्रेसन नम्बर १२ कक्षासम्म लागू गर्न लागेको हो। अहिले कक्षा ९ र ११ मा फरकफरक रजिस्ट्रेसन नम्बर भर्नुपर्ने व्यवस्था रहँदै आएको छ।

विद्यार्थीको हितलाई केन्द्रमा राखेर  कक्षा १९ देखि कक्षा १२ सम्म एउटै रजिस्ट्रेसन नम्बर कायम गर्न लागिएको बोर्डको कक्षा १० का  परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। पौडेलले हिमालप्रेससँग भने, ‘आगामी शैक्षिक सत्रदेखि कक्षा ९ मा लिएको रजिस्ट्रेसन नम्बर कक्षा १२ सम्म कायम हुने निर्णय गर्न लागिएको हो।’

यसो हुँदा विद्यालय तह अध्ययन गर्दा विद्यार्थीले पटकपटक रजिस्ट्रेसन नम्बर लिइरहन नपर्ने पौडेलले बताए। उनले भने, ‘धेरैजसो विद्यार्थी १० सम्म पढेको स्कुलमा पढ्न चाहँदैनन्। फरक शिक्षण संस्थामा पढ्न जाँदा एउटै रजिस्ट्रेसन नम्बरले काम गर्छ।’

कक्षा ९ मा लिएको रजिस्ट्रेसन नम्बर कक्षा १२ सम्म कायम गर्दा थप शुल्क नलाग्ने उनले बताए। पौडेल भन्छन्, ‘१०, ११, १२ को छुट्टाछुट्टै रजिस्ट्रेसन नम्बर पनि राख्न परेन। त्यसले गर्दा विद्यार्थीलाई सहज हुन्छ।’

प्रकाशित: ११ पुष २०८१ १६:०९ | Thursday, December 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast