म्यानचेस्टर सिटीको खच्कदो लय, प्रिमियर लिगको छैटौँ स्थानमा

हिमाल प्रेस ७ पुष २०८१ ७:०० | Sunday, December 22, 2024
म्यानचेस्टर सिटीको खच्कदो लय, प्रिमियर लिगको छैटौँ स्थानमा

काठमाडौँ- म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शनिबार घरेलु टोली एस्टन भिल्लासँग २-१ ले पराजित भएको छ। जितसँगै १७ खेलमा २८ अंक जोडेको एस्टन भिल्ला पाँचौं स्थानमा उक्लिएको छ। पराजित सिटी समान खेलबाट २७ अंकका साथ छैटौं स्थानमा छ।

भिल्ला पार्कमा एस्टन भिल्लालाई जित दिलाउन जोन डुरान र मोर्गन रोजर्सले गोल गरे । सिटीका लागि फिल फोडेनले गोल फर्काए । खेलको १६औं मिनेटमा डुरानको गोलमार्फत भिल्लाले अग्रता लिएको थियो । ६५औं मिनेटमा रोजर्सले टोलीको अग्रता दोब्बर बनाए ।

इन्जुरी समयमा फोडेनले गरेको गोल सिटीका लागि सान्त्वना बन्यो ।

प्रकाशित: ७ पुष २०८१ ७:०० | Sunday, December 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast