नेपाली क्रिकेट झन् ग्लोबल बन्यो : महामन्त्री थापा

हिमाल प्रेस ६ पुष २०८१ १७:४५ | Saturday, December 21, 2024
नेपाली क्रिकेट झन् ग्लोबल बन्यो : महामन्त्री थापा गगनकुमार थापा। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को सफलताले नेपाली क्रिक्रेट झन् ग्लोबल बनेको धारणा व्यक्त गरेका छन्। एनपीएलको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिँदै महामन्त्री थापाले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस प्रतियोगिताले नेपालमा क्रिकेटको क्रेज र सम्भावनालाई विश्व क्रिकेट जगतमा झन् गज्जबले स्थापित गर्‍यो। घरेलु प्रतियोगिताको सफलताले नेपाली क्रिकेट झन् ग्लोबल बन्यो।’

महामन्त्री थापाले एनपीएलको परिकल्पना र सफल आयोजनाका लागि नेपाल क्रिकेट संघलगायत यसका सबै प्रायोजक तथा सम्पूर्ण सरोकारवालालाई विशेष धन्यवाद दिएका छन्। उनले भनेका छन्, ‘यो सफलताको सबैभन्दा ठूलो हकदार भने नेपाली क्रिकेट फ्यान्स नै हो!’

प्रतियोगिताको शनिबार भएको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराएको थियो। एनपीएलको पहिलो संस्करणमा आठ टिमले भाग लिएका थिए।

प्रकाशित: ६ पुष २०८१ १७:४५ | Saturday, December 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast