सरुवा बढुवाका लागि नेताको दैलो चहार्ने प्रहरीलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

'प्रहरीको तलबभत्ता र रासन पुनरावलोकन गर्नुपर्नेछ'

हिमाल प्रेस १५ पुष २०७९ १३:५० | Friday, December 30, 2022
सरुवा बढुवाका लागि नेताको दैलो चहार्ने प्रहरीलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने फाइल तस्बिर।

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवा बढुवाको लागि नेताको दैलो चहार्ने प्रहरीलाई कारबाही गर्ने चेतावनी दिएका छन्। शुक्रबार प्रहरी प्रधान कार्यालय पुगेर लामिछानेले यस्तो बताएका हुन्।

उनले प्रहरीको सरुवा बढुवाको मापदण्ड रहेको र मापदण्डबाहिर केही काम नहुने बताए। बिहीबार पनि लामिछानेले सुरक्षा निकायका प्रमुखलाई नेता र कूटनीतिक नियोगका प्रतिनिधिसँग आफूखुसी भेट नगर्न निर्देशन दिएका थिए।

‘प्रहरीको फुली थप्नकै लागि नेताको दैलो चाहर्ने प्रचलन थाहा पाइरहेको छु। अब पनि यस्तो भएको थाहा भयो भने कारबाही हुन्छ,’ गृहमन्त्री बनेपछि पहिलोपटक प्रहरी प्रधान कार्यालय पुगेका लामिछानेले भने,’सरुवा बढुवाको लागि प्रहरीको आफ्नै मापदण्ड छ। योभन्दा बाहिर गएर केही काम हुँदैन।’

प्रहरीको तलबभत्ता, रासन तथा सेवासुविधा पनि पुनरवलोकन गर्ने उनको भनाइ छ। ‘प्रहरीको तलबभत्ता, रासन तथा सेवासुविधा पनि पुनरवलोकन गर्नुपर्ने छ। यसबारे मलाई जानकारी छ,’ उनले भने, ‘हामी अध्ययन गरेर यसलाई कसरी व्यावहारिक बनाउन सकिन्छ गर्छौँ।’

प्रकाशित: १५ पुष २०७९ १३:५० | Friday, December 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast