तनहुँ- मुग्लिन-पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका-२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ।
जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ देखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ।
प्रकाशित: २८ मंसिर २०८१ १०:४२
प्रतिक्रिया