कालीमाटीमा कुन तरकारी र फलफूलको मूल्य कति?

हिमाल प्रेस २८ मंसिर २०८१ १०:०३ | Friday, December 13, 2024
कालीमाटीमा कुन तरकारी र फलफूलको मूल्य कति?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज धेरैजसो यसअघिकै मूल्यमा फलफूल तथा तरकारी किनबेच भइरहेको छ।

आज मुला प्रतिकिलो २२ रुपैयाँमा किनबेच भइरहँदा कुरिलो किलोकै ११०० रुपैयाँ छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो भारतीय गोलभेँडा ५८, रातो आलु ६४, भारतीय रातो आलु ५३, सेतो आलु ५७, सुकेको भारतीय प्याज ९३, तराईको बन्दा ४५, लोकल गाँजर ९५, स्थानीय काउली ६५, तराईको काउली ५५, सेतो मुला २२, भन्टा ६५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी तने बोडी १२५, मकै बोडी ५५, करेला ८५, लौका र परबल ६५, हरियो फर्सी ४५, स्कुस ३०, रायोको साग ३०, चम्सुर र पालुंगोको साग ९५, कन्य च्याउ २००, डल्ले च्याउ ३३६, कुरिलो ११००, ब्रोकाउली ९५, सिताके च्याउ ७५०, राजा च्याउ २९० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो गोलभेँडाको मूल्य प्रतिकिलो ५७ रुपैयाँदेखि ९५ रुपैयाँसम्म थियो। त्यसैगरी रातो आलु ६३, भारतीय रातो आलु ५३, सेतो आलु ५९, सुकेको भारतीय प्याज ९३, लोकल गाँजर ९५, तराईको बन्दा ४५, काउली ५५, सेतो र रातो मुला २७, लाम्चो भन्टा ५५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी हिजो करेला ८५, लौका ५०, लोकल परबल ६५, पाकेको फर्सी ५५, हरियो फर्सी ४५, स्कुस २७, रायोको साग ३०, चम्सुर र पालुंगाको साग ९५, कन्य च्याउ १८६, डल्ले च्याउ २७६, कुरिलो ११००, ब्रोकाउली ९५, सिताके च्याउ ७५० रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: २८ मंसिर २०८१ १०:०३ | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast