झोला जाँच गर्दा स्रोत नखुलेको २९ हजार बढी डलर भेटियो, एक पक्राउ

हिमाल प्रेस २८ मंसिर २०८१ ८:२२ | Friday, December 13, 2024
झोला जाँच गर्दा स्रोत नखुलेको २९ हजार बढी डलर भेटियो, एक पक्राउ

झापा- झापाको कमल गाउँपालिका-३ बाट अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल-३ स्थित केर्खाबाट गौरादह नगरपालिका-५ का २५ वर्षीय मोहम्मद नौसाद मियाँलाई डलरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

त्यहाँस्थित पूर्वपश्चिम लोकमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश१-०२-००१ख ९५३० नम्बरको यात्रुबाहक बसमा सवार मियाँले बोकेको झोला जाँच गर्दा स्रोत नखुलेको डलर एक सय दरका दुई सय ९७ थान फेलापरेको उनले बताए।

बिहीबारको नेपाली दररेटअनुसार उक्त डलरको नेपाली ४० लाख ३३ हजार आठ सय ५४ रहेको छ। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २८ मंसिर २०८१ ८:२२ | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast