पर्यटकीय क्षेत्रका होटलहरू भरिभराउ

हिमाल प्रेस १४ पुष २०७९ १५:३० | Thursday, December 29, 2022
पर्यटकीय क्षेत्रका होटलहरू भरिभराउ फाइल तस्बिर।

काठमाडौँ- अंग्रेजी नयाँ वर्ष लक्षित पर्यटकीय गन्तव्यहरूका लागि होटल शतप्रतिशतसम्म बुकिङ भएको व्यवसायीहरूले बताएका छन्। अंग्रेजी नयाँ वर्ष मनाउनका लागि पर्यटकीय गन्तव्यहरूमा आन्तरिकसँगै विदेशी पर्यटकको चहलपहल शुरू भएसँगै होटल बुकिङ शतप्रतिशतसम्म पुगेको होटल व्यवसायीहरूले बताएका हुन्।

अंग्रेजी नयाँ वर्षमा विशेषगरी पोखरा, चितवन, भैरहवा, धुलिखेल, नगरकोटलगायत पर्यटकीय गन्तव्यहरूका होटल तथा रिसोर्टहरू भरिभराउ भएका छन्।

होटल संघ नेपाल (हान) का उपाध्यक्ष विनायक साहले अंग्रेजी नयाँ वर्षमा पर्यटकीय गन्तव्यहरूका होटलहरुको बुकिङ शतप्रतिशत रहेको बताए।

उनले विशेष गरी युवा वर्गमा नयाँ वर्ष पर्यटकीय गन्तव्यहरूमा गएर मनाउने भएकाले होटलहरूको बुकिङ राम्रो हुने बताए।

‘अंग्रेजी नयाँ वर्षको अवसरमा होटलको अकुपेन्सी फुल भएको छ। तर सधैँभरि हुँदैन। यो एकदुई दिनका लागि मात्रै हो,’ उनले भने, ‘अब सधैँभरि अकुपेन्सी फुल बनाउने प्रयास रहन्छ । पर्यटन पूर्वाधारहरूले साथ दिए त्यो पूरा हुन्छ।’

प्रकाशित: १४ पुष २०७९ १५:३० | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast