म्युजिकल फिल्म ‘कोठा’ मा भविष्य खोज्दै सहर पसेका युवाकाे कथा

हिमाल प्रेस १६ मंसिर २०८१ १३:५८ | Sunday, December 1, 2024
म्युजिकल फिल्म ‘कोठा’ मा भविष्य खोज्दै सहर पसेका युवाकाे कथा

काठमाडौँ- म्युजिकल फिल्म ‘कोठा’ सार्वजनिक भएको छ। आर्ट घरको प्रस्तुतिमा बनेको म्युजिकल फिल्ममा पश्चिमी भेगबाट भविष्य खोज्दै सहर पसेका युवापुस्ताको कथामा आधारित छ।

गाउँबाटै रासनपानी जुटाएर कीर्तिपुरको अध्यारो अनि चिसो डेरामा संघर्षरत एक युवकको दैनिकीलाई भिडियोमार्फत देखाइएको छ। परिवारबाट टाढा रहेका उक्त युवकको सपनाको मनोविज्ञानलाई पनि प्रस्तुत गरिएको छ।

युवकको भूमिकामा कलाकार प्रवीण कुमार पाण्डे छन्। भिडियोमा अन्य कलाकार सबी थापा, सरोज खड्का, कल्पना शाही र शीतल पाण्डेको अभिनय छ। कलाकार भिष्म जोशीको कथा रहेको म्युजिकल फिल्मको निर्देशन पनि उनले नै गरेका छन्।

गीतमा अहिलेकाे चर्चित गीत ‘काधेकुरी’ का गायक प्रशान्त शिवाकोटीकाे स्वर छ। गीतमा गायक शिवाकोटीले नै संगीत भरेका छन्। गीतमा देउडा गायनलाई पनि समावेश गरिएको छ। गीत निर्देशक भिष्म र देव व्रतले लेखेका हुन्।

सरोज श्रेष्ठले छायांकन गरेका गीतको भिडियो धीरज अधिकारी र रिदेन श्रेष्ठको सम्पादनमा बनेको छ। गीत आर्ट घरको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

यस्तो छ गीत

प्रकाशित: १६ मंसिर २०८१ १३:५८ | Sunday, December 1, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast