परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

हिमाल प्रेस १३ मंसिर २०८१ १२:३३ | Thursday, November 28, 2024
परराष्ट्रमन्त्री राणा चीन प्रस्थान चीन प्रस्थानका लागि त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री राणा।

काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवा चीनको लागि प्रस्थान गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि मन्त्री राणा आज त्रिभुवन विमानस्थलबाट चीन प्रस्थान गरेकी हुन्। उनी छेङ्दुका लागि प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

मन्त्री राणाले भोलि चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा द्वीपक्षीय भेटवार्ता गर्ने तय भएको छ। भेटवार्तामा प्रधानमन्त्री ओलीको भ्रमणका एजेण्डा, दुई देशको आपसी हितलगायतका विषयमा छलफल हुनेछ।

त्यसपछि मन्त्री राणा पर्सि शनिबार काठमाडौं फर्किने तालिका छ। फेरि प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी भएर राणा बेइजिङ जाने कार्यतालिका छ।

प्रधानमन्त्री ओली मंसिर १७ गते सोमबार चीनको औपचारिक भ्रमणमा जाँदै छन्। यो भ्रमणका क्रममा बिआरआई परियोजना कार्यान्वयनका विषयमा सम्झौता गर्ने सरकारको तयारी छ।

प्रकाशित: १३ मंसिर २०८१ १२:३३ | Thursday, November 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast