च्याम्पियन्स लिगमा लेवान्डोवस्कीको १०० गोल, बार्सिलोनाको सानदार जित

हिमाल प्रेस १२ मंसिर २०८१ ७:४६ | Wednesday, November 27, 2024
च्याम्पियन्स लिगमा लेवान्डोवस्कीको १०० गोल, बार्सिलोनाको सानदार जित

काठमाडौँ- यूईएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले ब्रेस्टमाथि सहज जित निकालेको छ। रोबर्ट लेवान्डोवस्कीको उत्कृष्ट प्रदर्शनप्रेरित ३-० को जितमा बार्सिलोना पाँच खेलमा १२ अंक जोडेको दोस्रो स्थानमा छ। पहिलो पराजय ब्यहोरेको ब्रेस्ट समान खेलबाट १० अंकका साथ नवौं स्थानमा छ।

लेवान्डोस्की च्याम्पियन्स लिगमा १०० गोल गर्ने तेस्रो खेलाडी बनेका छन्।  क्रिस्टियानो रोनाल्डोले  १४१ र लियोनल मेस्सीले १२९ गोल गरेका छन्।

ओलम्पिक लुइस कम्पनिज रंगशालामा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन लेवान्डोवस्कीले दुई र ड्यानी ओल्मोले एक गोल गरे।

खेलको १०औं मिनेटमा लेवान्डोवस्कीको पेनाल्टी गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो। ६६औं मिनेटमा ओल्मोले टोलीको अग्रता दोब्बर बनाए।

इन्जुरी समयमा लेवान्डोवस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाए।

प्रकाशित: १२ मंसिर २०८१ ७:४६ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast