स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ : मन्त्री पौडेल

हिमाल प्रेस १० मंसिर २०८१ १५:५४ | Monday, November 25, 2024
स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ : मन्त्री पौडेल स्वास्थ्यमन्त्री प्रदीप पौडेल

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्ने बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्वास्थ्य सेवा प्रणालीलाई विश्वासिलो बनाउनुपर्नेमा जोड दिएका हुन्।

मन्त्री पौडेलले स्वास्थ्य प्रणालीलाई जिम्मेवार र जबाफदेही बनाउँदै लैजान आवश्यक रहेको बताए। उनले स्वास्थ्य प्रणालीलाई थप वैज्ञानिक बनाउनुपर्ने पनि बताए। उनले स्वास्थ्य अनुसन्धानमा गर्ने कामले लाखौँ मानिसहरू प्रभावित हुने भन्दै अनुसन्धान गर्दा नैतिक अभ्यासको महत्त्व बुझ्न जरुरी रहेको उल्लेख गरे। उनले स्वास्थ्य अनुसन्धान अभ्यासहरू सुधार गर्ने यात्रा जारी रहेको बताए।

मन्त्री पौडेलले नेपालमा स्वास्थ्य अनुसन्धानको भविष्य आजको कामले निर्धारण गर्ने बताए। नैतिक, जिम्मेवार र समावेशी अनुसन्धान वातावरण सिर्जना गरी एक भएर काम गर्न उनले आह्वान गरे। विश्वव्यापी स्वास्थ्यको सुधारका लागि एक भएर काम गर्न उनले आह्वान गरे।

प्रकाशित: १० मंसिर २०८१ १५:५४ | Monday, November 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast