प्रिमियर लिगमा लिभरपुलको फराकिलो अग्रता

हिमाल प्रेस १० मंसिर २०८१ ९:१० | Monday, November 25, 2024
प्रिमियर लिगमा लिभरपुलको फराकिलो अग्रता

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शीर्षस्थानमा फराकिलो अग्रता बनाएको छ।

गएराति साउथह्याम्प्टनलाई पराजित गरेसँगै लिभपुलले तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग ८ अंकको अग्रता बनाएको हो।

सेन्ट मेरिज स्टेडियममा गएराति लिभरपुल ३-२ गोलले विजयी भएको थियो।त्यसक्रममा मोहम्मद सलाहले दुई गोल गरे। ३० मिनेटमा डोमिनिक जोबोस्लाईले लिभरपुललाई सुरूवाती अग्रता दिलाएका थिए।

४२ मिनेटमा साउथह्याम्प्टनका एडम आर्मस्ट्रङले गोल गरेपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो।

दोस्रो हाफको ५६ मिनेटमा फेरि साउथह्याम्प्टनका फर्नान्डेले गोल गर्दा लिभरपुल पछि परेको थियो। ६५ मिनेटमा मोहम्मद सलाहले खेललाई बराबरीमा पुर्‍याएका थिए। सलाहले नै ८३ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल निर्णायक बन्दा लिभरपुल विजयी भएको हो।

जितसँगै शीर्ष स्थानमा लिभरपुलको ३१ अंक भएको छ। समान १२ खेलबाट २३ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ। २२ अंक जोडेर चेल्सी तेस्रो स्थानमा छ। साउथह्याम्टन ४ अंकसहित पुछारमा छ।

प्रकाशित: १० मंसिर २०८१ ९:१० | Monday, November 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast