नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा

हिमाल प्रेस ९ मंसिर २०८१ १३:५७ | Sunday, November 24, 2024
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा

वीरगञ्ज (पर्सा)– नारायणी अस्पताल वीरगञ्जमा स्तन क्यान्सरको पहिचान र परीक्षणका लागि ‘मेमोग्राम’ उपकरण जडान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अस्पतालका अनुसार एक साताभित्र मेमोग्राम उपकरण जडान सकेर नियमित सञ्चालन गरिने जनाएको छ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा चुमनलाल दासले एक साताभित्र मेमोग्राम जडान गरिसक्ने लक्ष्य राखेर कामलाई तीव्रता दिइएको जानकारी दिए। ‘स्तन क्यान्सरको पहिचान र परीक्षणका लागि आवश्यकपर्ने मेमोग्राम मेसिन अस्पतालमा आएसँगै बायो मेडिकल इञ्जिनियरले मेसिन राख्न आवश्यक कोठाको तयारी गरिरहेका छन्। एक साताभित्र जडान गरिसक्ने लक्ष्य राखेका छौँ’, उनले भने।

मेसु दासले मेमोग्राम जडान भएसँगै यहाँका बिरामीलाई सेवा प्राप्त गर्न सहज हुने बताए। ‘सेवा सुरु भएपछि स्तन क्यान्सर पहिचान र परीक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य हुनेछ’, उनले भने। सङ्घीय सरकार मातहतको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट उक्त उपकरण यहाँ ल्याइएको हो।

प्रकाशित: ९ मंसिर २०८१ १३:५७ | Sunday, November 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast