नेसन्स लिगमा फ्रान्सले इटालीलाई हरायो

हिमाल प्रेस ३ मंसिर २०८१ ७:३४
8
SHARES
नेसन्स लिगमा फ्रान्सले इटालीलाई हरायो

काठमाडौँ- यूईएफए नेसन्स लिगमा फ्रान्सले इटालीलाई पराजित गरेको छ। गए राति भएको खेलमा फ्रान्सले इटालीविरुद्ध ३-० को जित निकालेको हो। त्यसक्रममा उसले एक आत्मघाती गोल उपहारमा पाएको थियो।

फ्रान्सका लागि एड्रिन राबिओटले खेलको दोस्रो र ६५औँ मिनेटमा गोल गरे । ३३औँ मिनेटमा फ्रान्सले एक गोल आत्मघातीका रूपमा उपहार पायो भने ३५औँ मिनेटमा इटालीका एन्ड्रे काम्बिसोले सान्त्वना गोल गरे पनि पराजय टार्न सकेनन्।

लिगअन्तर्गत नै भएको अर्को खेलमा इजरायलले बेल्जियमलाई १-० ले स्तब्ध पारेको छ भने अस्ट्रिया र स्लोभानीयाले १-१ गोलको बराबरी खेले । उता ग्रिसले फिनल्यान्डलाई २-० ले पराजित गर्‍यो।

त्यस्तै इंग्ल्यान्डले आयरल्यान्डलाई ५-० ले पराजित गर्दा नर्वेले पनि काजकस्तानविरुद्ध ५-० कै जित निकाल्यो। यो जितसँगै फ्रान्स ग्रुप २ को शीर्ष स्थानमा रहेको छ। त्यस्तै इटाली दोस्रो तथा बेल्जियम तेस्रो स्थानमा रहँदा इजरायल चौथो स्थानमा छ।

 

प्रकाशित: ३ मंसिर २०८१ ७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast