भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आउँदै

हिमाल प्रेस २८ कार्तिक २०८१ १२:४७ | Wednesday, November 13, 2024
भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आउँदै भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी। तस्बिर सौजन्य : इ्न्डियाडटकम

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी मंसिर ५ गते नेपाल भ्रमणमा आउने भएका छन्। जंगीअड्डाले बुधबार जारी गरेको विज्ञप्तिअनुसार जनरल द्विेदी मंसिर ९ गते स्वेदश फर्कनेछन्।

भ्रमणका क्रममा जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति सिग्देलसँग भेटघाट एवं छलफल गर्ने कार्यक्रम छ। यसैगरी उनले कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र पश्चिम पृतना मुख्यालयको भ्रमण गर्नेछन्।

नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ६ गते एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ। साथै द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षा मानवीर राईसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम छ।

प्रकाशित: २८ कार्तिक २०८१ १२:४७ | Wednesday, November 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast