शिक्षासम्बन्धी के गर्दैछन् स्थानीय तह?

हिमाल प्रेस २६ कार्तिक २०८१ १६:५१
2.4k
SHARES
शिक्षासम्बन्धी के गर्दैछन् स्थानीय तह?

काठमाडौँ- स्थानीय तहले विद्यालय शिक्षासम्बन्धी विभिन्न क्रियाकलाप सुरु गरेका छन्। दसैँ, नेपाल संवत्, तिहार र छठ पर्वपछि पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले शैक्षिक क्रियाकलाप सुरु गरेका हुन्। पालिकाले शिक्षक तथा कर्मचारीलाई तलबी माग फाराम पेस गर्न अनुरोधदेखि शिक्षा सुधारकानिम्ति प्रधानाध्यापकसँग अन्तर्क्रियासमेत गरेका छन्।

कमलामाई नगरपालिकाले शिक्षक तथा कर्मचारीको दोस्रो त्रैमासिक (२०८१ कात्तिक, मंसिर र पुस) को तलबभत्ता माग फाराम पेस गर्न अनुरोध गरेको छ। पालिकाले फारामसँगै अघिल्लो त्रैमासिक (२०८१ साउन, भदौ र असोज) को तलब बुझेको भर्पाई, सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कर कट्टी गरिएको रसिद, अघिल्लो त्रैमासिक (२०८१ साउन, भदौ र असोज) को हाजिरी विवरण संलग्न गराउन अनुरोध गरेको छ।

सिम्ता गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सिम्ता गाउँपालिकाको आवधिक योजना २०८१/२०८७ निर्माणको लागि विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकबीच अन्तर्क्रिया कार्यक्रम गरिएको छ।

जलजला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालयका प्रधानाध्यापकका लागि नेतृत्व, क्षमता विकास र विषयगत शिक्षकका लागि कार्यविधि अभिमुखिकरण तालिम क्षेत्रीय कृषि अनुसन्धान निर्देशनालय लुम्ले कास्कीमा सम्पन्न भएको छ।

जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको बद्री दाहाल र दिनेश थापाले प्रशिक्षण दिएका थिए। कार्यक्रममा जलजला गाउँपालिका भित्रका ४४ विद्यालय प्रधानध्यापक र विषयगत शिक्षकसहित ७० जनाको सहभागिता रहेको थियो।

मुसिकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनमा ४२औं प्रधानाध्यापक बैठक नगर प्रमुख महेन्द्र केसी अध्यक्षतामा बसेको छ। बैठकले शैक्षिक सुधारबारे विभिन्न निर्णयसमेत गरेको छ।

कनकाई नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले संघीय अनुदानमा माध्यमिक तहका लागि एक जना गणित शिक्षक माग गरेको छ।

विनयी त्रिवेणी गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाले USAID को Early Grade Learning कार्यक्रमअन्तर्गत छनौट भएका ३३ वटा विद्यालयले प्राप्त गर्ने अनुदान (प्रतिविद्यालय पाँच लाख ) कार्यान्वयन प्रक्रियाबारे अभिमुखीकरण कार्यक्रम गरेको छ।

लिखु तामाकोशी गाउँपालिकाले अभिमुखीकरण कार्यक्रमका लागि छनौट भएका विद्यालयलाई USAID प्रारम्भिक कक्षा सिकाई (GUC सम्झौतामा आधारित विद्यालय अनुदान कार्यक्रम) सञ्चालका गाउँपालिकाअन्तर्गतका कक्षा १-३ संचालित १७ वटा विद्यालयलाई उक्त कार्यक्रम संचालन प्रक्रियासम्बन्धी अभिमुखीकरण कार्यक्रम सहभागी हुन अनुरोध गरिएको छ।

छनौट भएका विद्यालयहरूमा भुवनेश्वरी आ.वि.दुरागाउँ, श्री शहिद अर्जुन नरेश आ.वि. दुरागाउँ, श्री त्रिपुरेश्वर मा. वि. दुरागाउँ, श्री शहिदस्मृति आ.वि. सैपु, चण्डेश्वरी मा.वि. सैपु, अरुणोदय मा.वि. सैपु, श्री वृर्खेश्वर आ.वि. खोल्मागाउँ, श्री बालकन्या देवी आ.वि. कादबा, श्री भृङ्गेश्वर मा. वि. कोटगाउँ, श्री भृङ्गेश्वर मा.वि. धारापानी, श्री रुपादेवी आ.वि. कल्लेरी, श्री झट्टेश्वर मा.वि. धोवी श्री बुद्ध जनप्रिय मा. वि. नागदह, श्री नवदर्शन मा. वि. तिल्पुङ, श्री भुमेधान आ. वि. खिम्ती, श्री मा.वि. ज्यामिरेखानी खिम्ती,श्री तामाकोशी जनजागृति मा.वि.खिम्ती रहेका छन्।

अभिमुखीकरण यही कात्तिक ३० गते बिहान १० देखि बेलुका ५ बजेसम्म श्री झट्टेबर माध्यामिक विद्यालय तालिम हलमा हुनेछ। त्यस्तै मंसिर १ गते पनि बिहान १० देखि बेलुका ५ बजेसम्म श्री झट्टेश्वर माध्यामिक विद्यालय तालिम हलामा हुनेछ।

हरेक विद्यालयबाट व्यवस्थापन समिति अध्यक्ष, विद्यालय प्रधानाध्यापक, कम्प्युटर शिक्षक वा लेखा कर्मचारीमध्ये १ जना (ल्याबटप, विद्यालयको लेटरप्याड, छाप, विद्यालय माइन्युटलगायत सामाग्री लिएर अनिवार्य उपस्थित हुनुपर्ने) हुनुपर्ने जनाइएको छ।

प्रकाशित: २६ कार्तिक २०८१ १६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast