 
                             
                                            काठमाडौँ- फिल्म ‘महापुरुष’ युट्युबमा सार्वजनिक भएको छाेटाे समयकै दर्शकले रुचाएका छन्। लक्ष्मीपूजाको दिन गत कात्तिक १५ मा युट्युबमा सार्वजनिक गरिएको फिल्मले मंगलबार दिउँसाेसम्म १५ लाख भ्यूज बटुलेकाे छ। फिल्म केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो।
करिब तीन हजार दर्शकले फिल्मको कथाले मन छोएको भन्दै प्रतिक्रियासमेत दिएका छन्। प्रदीप भट्टराईको लेखन तथा निर्देशन बनेको फिल्म ‘महापुरूष’ सन्तान विदेसिएपछि एक्लिएका पिताको कथामा आधारित छ।
फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रवीन्द्र सिंह बानियाँलगायत कलाकारको अभिनय छ।
२०७९ सालमा प्रदर्शन फिल्मले चलचित्र विकास बोर्डको विवरणअनुसार हलमा सात करोड ३८ लाख ग्रस कलेक्सन गरेको थियो। साथै हलमा ५१ दिन पनि मनाउन सफल भएको थियो।
षट्कोण आर्ट्सको ब्यानरमा बनेको यसअघि विभिन्न ओटिटी प्लेटफर्ममा पनि फिल्म सार्वजनिक भइसकेको छ।
हेरौं फिल्म

 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![यस्ताे छ ‘हरिबहादुरको जुत्ता’ काे ट्रेलर [भिडियाेसहित]](https://himalpress.com/wp-content/uploads/2025/09/haribahadurko-jutta.jpg) 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 