महिला फुटबल टोलीलाई ओलीले बोलाए बालुवाटार

हिमाल प्रेस १५ कार्तिक २०८१ १०:२३ | Thursday, October 31, 2024
महिला फुटबल टोलीलाई ओलीले बोलाए बालुवाटार

काठमाडौँ- नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) आफ्नो सरकारी निवास (बालुवाटार) मा बोलाएका छन्।

साफ महिला च्याम्पियनसिप प्रतियोगितामा उपविजेता बनेका खेलाडीलाई प्रोत्साहनका लागि प्रधानमन्त्री निमन्त्रणा दिएको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार महिला टोलीका खेलाडीहरूलाई प्रोत्साहन गर्न प्रधानमन्त्री ओलीले अहिले बिहान ११ बजे बालुवाटार आउन भनेका हुन्।

बुधबार राति दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित हुँदा उपविजेतामै सीमित भएको हो।

प्रकाशित: १५ कार्तिक २०८१ १०:२३ | Thursday, October 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast