तामाङले मुख्य प्रशिक्षक पद त्यागे

हिमाल प्रेस १४ कार्तिक २०८१ २२:२१ | Wednesday, October 30, 2024
तामाङले मुख्य प्रशिक्षक पद त्यागे राजेन्द्र तामाङ

काठमाडौँ– राजेन्द्र तामाङले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक पद त्याग गरेको घोषणा गरेका छन्।  महिला साफ च्याम्पियनसिपको फाइनलमा बुधबार बंगलादेशसँग २–१ ले पराजित भएपछिको‌ पोस्ट म्याच कन्फ्रेन्समा तामाङले राष्ट्रिय महिला टोली नहेर्ने बताएका हुन्।

उनले भने, ‘अब म महिला राष्ट्रिय टोली हेर्दिनँ। सायद अब क्लब हेर्छु होला।’

तामाङको नेतृत्वमा महिला टोलीले गत वर्ष वाफ च्याम्पियनसिप खेलेको थियो। त्यतिबेला नेपाली टोली फाइनलमा जोर्डनसँग पराजित भएको थियो।

प्रकाशित: १४ कार्तिक २०८१ २२:२१ | Wednesday, October 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast