साफको फाइनल हेर्न रंगशाला जाँदा यी सामान लैजान पाइनेछैन

हिमाल प्रेस १४ कार्तिक २०८१ १३:३६ | Wednesday, October 30, 2024
साफको फाइनल हेर्न रंगशाला जाँदा यी सामान लैजान पाइनेछैन

काठमाडौँ- साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलमा केही सामान लैजान अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतिबन्ध लगाएको छ। आज साँझ साढे ६ बजेदेखि हुँदैछ।

बन्दुक, छुरा तथा अन्य कुनै पनि धारिलो हतियार वा औजार लैजान पाइने छैन। यस्तै चुरोट, लाइटर, सलाई, मादक वा नशालु पदार्थ लैजान नपाइने एन्फाले जनाएको छ।

ठूलो झोला पनि लैजान पाइनेछैन। सानो झोला भने सुरक्षा जाँच गरेपछि मात्रै पाइने एन्फाले जनाएको छ।

मोटरसाइकलको हेल्मेट, बिना अनुमतिका ब्यानर, झन्डा, पोस्टर, पानी वा अन्य कुनै चिसो पेय पदार्थका बोतल वा क्यान, लेजर लाइट, छाता, लिपिस्टिक, नेलकटर, कैंची, काइँयो लगायत लैजान नपाइने जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०८१ १३:३६ | Wednesday, October 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast