हेटौँडा र उदयपुर सिमेन्टले बक्यौता तिर्न दिए निवेदन

हिमाल प्रेस १४ कार्तिक २०८१ ७:४९
4
SHARES
हेटौँडा र उदयपुर सिमेन्टले बक्यौता तिर्न दिए निवेदन

काठमाडौँ- हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगले विद्युत् उपभोगको बक्यौता तिर्न निवेदन दिएका छन्।

सरकारी स्वामित्वका हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगले डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता किस्ताबन्दीमा तिर्न नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिएका छन्।

हेटौँडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार २५० रुपैयाँ र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार ५३३ रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ।

बक्यौता तिर्न सुरुमा ताकेता गरे पनि नतिरेपछि प्राधिकरणले विद्युतलाइन काटेपछि उद्योगहरूले बक्यौता तिर्न सुरु गरेका छन्।

प्रकाशित: १४ कार्तिक २०८१ ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast