इतिहास रच्ने दाउमा नेपाल

हिमाल प्रेस १४ कार्तिक २०८१ ७:०९
36
SHARES
इतिहास रच्ने दाउमा नेपाल

काठमाडौँ- दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। खेल दशरथ रंगशालामा बेलुका ६ : ३० मा सुरु हुनेछ।

नेपालले भारतलाई पेनाल्टीमा ४-२ ले हराउँदै र बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्।

नेपाल आज बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ।

सन् २०१० मा बंगलादेशबाट सुरुवात भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन। आज उपाधि जितेमा नेपालले इतिहास रच्नेछ। हालसम्मका कुनै पनि प्रतियोगितामा नेपालले उपाधि हत्याएको छैन।

यसअघिका साफका ६ मध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो। जसमा भारतसँग चार पटक र बंगलादेशसँग एकपटक पराजित भएको थियो। एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो।

प्रकाशित: १४ कार्तिक २०८१ ७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast