‘डाना’ को प्रभावले कोशी र मधेसमा वर्षाको सम्भावना

हिमाल प्रेस ८ कार्तिक २०८१ २१:२७ | Thursday, October 24, 2024
‘डाना’ को प्रभावले कोशी र मधेसमा वर्षाको सम्भावना फाइल तस्बिर

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले समुन्द्री आँधी ‘डाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको जनाएको छ। यसका कारण नेपालको पूर्वी भागमा शुक्रबारसम्म हल्का वर्षाको सम्भावना छ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुन्द्री आधी ‘डाना’ को प्रभावका कारण कोशी प्रदेश र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए।

‘समुन्द्री आँधी डानाको प्रभाव नेपालको पूर्वी क्षेत्रमा पर्ने देखिन्छ, बंगालको खाडीमा केही दिनअघि यो उत्पन्न भएको थियो। भारतको उडिसा र पश्चिम बंगालमा पनि यसको प्रभाव परेको छ,’ उनले भने।

प्रकाशित: ८ कार्तिक २०८१ २१:२७ | Thursday, October 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast