महँगियो तरकारी

हिमाल प्रेस ८ कार्तिक २०८१ १०:२५ | Thursday, October 24, 2024
महँगियो तरकारी काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (बिहीबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज केही तरकारीको मूल्य बढेको छ भने धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालिमाटीमा आज सबैभन्दा सस्तो तरकारी इस्कुस छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ। स्कुल १७ रुपैयाँ किलोमा किनबेच भइरहँदा कुरिलोको मूल्य एक हजार ५० रुपैयाँ रहेको समितिले जनाएको छ।

कालीमाटीमा आज भारतीय गोलभेँडाको मूल्य घटेका छ। हिजो भन्दा किलोमा २० रुपैयाँ घटेर भारतीय ठूलो गोलभेँडाको मूल्य आज १२५ रुपैयाँमा झरेको छ।

त्यसैगरी कालीमाटीमा आज टनेलको गोलभेँडा १२५, भारतीय सुकेको प्याज १०२, लोकल गाँजर १२०, लोकल बन्दा ५५, लोकल काउली १२०, सेतो मुला ३८, लाम्चो भन्टा ५५, तने बोडी १२०, मकै बोडी ६५, करेला ९० रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी लौका ३५, परबल ५५, चिचिन्डो ४५, लाम्चो हरियो फर्सी ८०, भिन्डी ७५, स्कुस १७, चम्सुरको साग २२६, रायोको साग ७५, तरुल ११०, कन्य च्याउ १३३, डल्ले च्याउ २७६, कुरिलो १०५०, ब्रोकाउली १९० रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा १४५, सानो नेपाली गोलभेँडा १२५, रातो आलु ८२, भारतीय रातो आलु ५७, मुडेको रातो आलु ७७, भारतीय प्याज ९९, लोकल गाँजर ११०, तराईको बन्दा ३५, स्थानीय काउली ११५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी सेतो मुला ३२, भन्दा ८५, तने बोडी १३५, मकै बोडी ५५, करेला ६५, घिरौँला ७५, लाम्चो हरियो फर्सी ९५, भिन्डी ७५, स्कुस २५, रायोको साग ७०, चम्सुरको साग १४०, कन्य च्याउ १३३, डल्ले च्याउ ३००, कुरिलो ९००, ब्रोकाउली १५५ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: ८ कार्तिक २०८१ १०:२५ | Thursday, October 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast