काठमाडौँ- नेपाल औषधि लिमिटेडले आफूले उत्पादन गरेको सिटामोलको अभाव नभएको जनाएको छ। देशभर डेंगुको संक्रमण बढेको बेला सिटामोल सहजै नपाइएको गुनासो आइरहेका बेला लिमिटेडले सिटामोल नियमित उत्पादन गरिरहेको र अभाव पनि नरहेको जनाएको हो।
यसअघि कोरोना महामारीको समयमा पनि लिमिटेडले यसैगरी समय निर्धारण गरी सिटामोल खरिदबिक्रीको प्रबन्ध मिलाएको थियो। सिटामोल नेपाल औषधि लिमिटेडको प्रमुख उत्पादन हो।
प्रकाशित: ८ कार्तिक २०८१ ९:५३ | Thursday, October 24, 2024
प्रतिक्रिया





