बालविवाहमा संलग्न तीन चिनियाँ नागरिकसहित ८ जना पक्राउ

हिमाल प्रेस ७ कार्तिक २०८१ २०:०८ | Wednesday, October 23, 2024
बालविवाहमा संलग्न तीन चिनियाँ नागरिकसहित ८ जना पक्राउ

काठमाडौँ- बालविवाहमा संलग्न रहेको आरोपमा सुनसरी प्रहरीले तीन चिनियाँ नागरिकसहित आठ जनालाई नियन्त्रणमा लिएको छ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित औलियाबाबाको मन्दिरबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

धनकुटास्थित छथर जोरपाटी गाउँपालिका–२ की एक नावालिग किशाेरीसँग चीनको हुवाई बस्ने ३३ वर्षीय ली टेङसँग भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली त्यहाँ पुगेको थियो।

बालविवाह गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा टेङसहित चीनको जिङ्छी बस्ने ३५ वर्षीय डङ सियायो र हुवाई बस्ने ३५ वर्षी वू हेजी रहेको प्रहरीले जनाएको छ।

त्यस्तै उदयपुर बेलका नगरपालिका–९ का दीपक दर्जी, सोही स्थानका बद्रीविक्रम राई, स्याङ्जा पतलीबजार नगरपालिका–१२ का सितल गुरुङ र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ बस्ने रोशनी तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाहरूमाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ कार्तिक २०८१ २०:०८ | Wednesday, October 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast