‘अपांगता भएका व्यक्तिका लागि पुनर्स्थापना आवश्यक’

हिमाल प्रेस ६ कार्तिक २०८१ १९:२७
14
SHARES
‘अपांगता भएका व्यक्तिका लागि पुनर्स्थापना आवश्यक’

सुर्खेत- कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले नेपालगञ्ज मेडिकल कलेज कर्णालीको प्रेषण केन्द्रका रूपमा स्वीकार गरिएको बताएका छन्। यूएसएआईडी-आरआरए परियोजनाअन्तर्गत ह्याडिक्याप इन्टरनेसनलको प्राविधिक सहयोगमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरद्वारा सञ्चालित पुनर्स्थापना सेवा सम्बन्धमा प्रदेशस्तरीय पुनर्स्थापना समन्वय बैठकमा उनले यस्तो बताएका हुन्।

शिविरबाट पहिचान भएका बिरामीमा रोगको पहिचान हुने तर उपचार नभइदिने समस्याले गर्दा जनतामा नैराश्यता पैदा भइरहेको उनले बताए। त्यसैले उनीहरुको उपचारमा समेत सहयोग हुने गरी कार्ययोजना बनाएर शिविर सञ्चालन गर्न सचेत गराए।

नेपालगन्ज मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार बीएन जनशक्ति व्यवस्थापनमा कमी हुँदा सोचेजस्तो सेवा प्रवाह हुन नसकेको जानकारी दिए। समन्वय सहकार्यबाट नागरिकको स्वास्थ्य परिवर्तनका लागि सकारात्मक पहल भएको जानकारी गराए। आगामी दिनमा स्वास्थ्य पुनर्स्थापनाका लागि लखनऊ लगायतका अन्य बाह्य क्षेत्र जानुपर्ने बाध्यतालाई कम गर्न योजना बनाइरहेको जानकारी दिए।

स्वास्थ्य सेवा निर्देशक डा.रविन खड्काले विषेश गरी अपांगता भएका व्यक्तिका लागि पुनर्स्थापना आवश्यक हुने बताए।

अर्थोपेडिक सर्जन डा. विकास केसीले मांसपेसी अपांगता भएका व्यक्तिहरूको संख्या बढिरहेको जानकारी दिए। अपांगता परिचयपत्रका लागि सिफारिस लिनेहरूको संख्या बढिरहेको छ। तर परिचयपत्र सही सदुपयोग हुन नसकिरहेको उनले टिप्पणी गरे।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा.शक्तिप्रसाद सुवेदी स्थानीय तहसम्म पुनर्स्थापनाका लागि तालिम प्रदान गर्न आवश्यक रहेको बताए। त्यसका लागि तीन वटै तहबीच छलफल र समन्वय हुन जरुरी रहेको उनको भनाइ छ।

प्रकाशित: ६ कार्तिक २०८१ १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =