५ दिनको अन्तरालमा मेसीको दोस्रो ह्याट्रिक

हिमाल प्रेस ४ कार्तिक २०८१ ८:४९
12
SHARES
५ दिनको अन्तरालमा मेसीको दोस्रो ह्याट्रिक

काठमाडौँ- अर्जेन्टिनी कप्तान लियोनल मेसीले पाँच दिनको अन्तरालमा दोस्रो ह्याट्रिक गरेका छन्।

नेपाली समयअनुसार आइतबार बिहान अमेरिकी मेजर लिग फुटबलमा इन्टर मायामीको न्यु इङ्ल्यान्डविरुद्ध मेसीले ह्याट्रक गरेका हुन्। प्रतिस्पर्धामा मायामी ६-२ ले विजयी भएको थियो। दोस्रो हाफमा मैदान प्रवेश गरेका मेसीले ३३ मिनेट खेलेका थिए। उनी ११ मिनेटको अन्तरमा ३ गोल गर्न सफल भएका हुन्।

यसअघि बुधबार बिहान बोलिभियाविरुद्ध ६–० को जित निकाल्दा मेसीले तीन गोल गरेका थिए। घरेलु मैदानमा मेसीले ह्याट्रिक गर्दा लुइस स्वारेजले दुई तथा बेन्जामिन क्रामास्चीले एक गोल गरेका थिए। यसअघि खेलको ३४औं मिनेटसम्म इन्टर मियामी २–० ले पछि थियो।

मेसी ५८औँ मिनेटमा मैदान प्रवेश गरेपछि इन्टर मायामीले दबाब बनाएको थियो।

यो जितपछि इन्टर मायामी ३४ खेलबाट ७४ अंकसहित शीर्ष स्थानमा छ। इन्टर मियामी एकै सिजनमा ७४ अंक जोड्ने पहिलो टिम बनेको छ। मेसीले यो सिजनको १९ खेलमा २० गोल गरिसकेका छन्।

प्रकाशित: ४ कार्तिक २०८१ ८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =