काठमाडौँमा आजदेखि साफ महिला फुटबल

हिमाल प्रेस १ कार्तिक २०८१ ६:३९ | Thursday, October 17, 2024
काठमाडौँमा आजदेखि साफ महिला फुटबल साफ महिला च्याम्पियनसिप २०२४ मा सहभागि सात राष्ट्रका कप्तान, तस्विर सौजन्यः साफ

काठमाडौँ- दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सातौँ संस्करण बिहीबार सुरु हुँदै छ। प्रतियोगिता दशरथ रंगशालामा कात्तिक १४ गतेसम्म चल्नेछ। प्रतियोगितामा उपाधि जित्ने लक्ष्यका साथ मैदान दक्षिण एसियाका सात टोली मैदानमा उत्रँदैछन्।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। एउटा समूहमा तीन र अर्को समूहमा चार टोली छन्। एकअर्कासँग एक खेल खेलेपछि हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल यात्रा तय गर्नेछ।

समूह ‘ए’ मा साबिक विजेता बंगलादेश, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा नेपाल, श्रीलंका मल्दिभ्स र भुटान छन्।  प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन्। बंगलादेशले कात्तिक ४ गते पाकिस्तान र ७ गते भारतको सामना गर्नेछ।
समूह ‘बी’ अन्तर्गत कात्तिक २ गते आयोजक नेपाल र भुटान तथा माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्। कात्तिक ५ गते नेपालले माल्दिभ्स र भुटानले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछन्। यसैगरी ७ गते नेपालले श्रीलंका र भुटानले माल्दिभ्सको सामना गर्नेछन्।

प्रतियोगिताको सातौँ संस्करणमा पनि साबिक विजेता बंगलादेश, भारत र घरेलु टोली नेपाललाई उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ।

साफ महिला च्याम्पियनसिप : सबै टोलीको तयारी पूरा

प्रकाशित: १ कार्तिक २०८१ ६:३९ | Thursday, October 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast