कत्तिक महिनामा समेत बैंकहरुले घटाए ब्याजदर

हिमाल प्रेस ३० असोज २०८१ १०:५४
14
SHARES
कत्तिक महिनामा समेत बैंकहरुले घटाए ब्याजदर

काठमाडौँ– कात्तिक महिनामा वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। कात्तिकमा ११ बैंकले ब्याजदर घटाएका छन् भने ९ वटा बैंकले ब्याजदर स्थिर राखेका छन्।

कात्तिकमा बैंकहरूको ब्याजदर औसत व्यक्तिगततर्फ ०.१८ प्रतिशतबाट घटेर औसत ६ प्रतिशतमा झरेको छ भने संस्थागततर्फ औसत ०.२१ प्रतिशत घटेर औसत ४.९७ प्रतिशतमा कायम गरिएको छ।

कात्तिक महिनाका लागि कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, एनआइसी एशिया बैंक र नबिल बैंकले ब्याजदर घटाएका छन्।

साथै एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ब्याजदर स्थिर कायम गरेका छन्।

प्रकाशित: ३० असोज २०८१ १०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =