मेसीको ह्याट्रिक, अर्जेन्टिनाको सातौँ जित

हिमाल प्रेस ३० असोज २०८१ ७:५५ | Wednesday, October 16, 2024
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको सातौँ जित

काठमाडौँ- विश्वविजेता अर्जेन्टिनाले बोलिभियाविरुद्ध ६-० को सहज जित निकालेको छ। कप्तान लियोनल मेसीले ह्याट्रिकसहित दुई सहयोग गरेको खेलमा अर्जेन्टिना विजयी भएको हो।

फिफा विश्वकप २०२६ छनोटअन्तर्गत घरेलु मैदानमा खेलिएको खेलमा अर्जेन्टिनाले एकपक्षीय दबाब बनाएको थियो। मेसीले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा थप दुई गोल गरेका हुन्। उनले खेलको १९, ८४ र ८६औँ मिनेटमा तीन गोल गरेका थिए।

लौटारो मार्टिनेज, जुलियन अल्भारेज र थिअगो अल्माडाले समान एक गोल गरेका छन्। अर्जेन्टिनाले पहिलो हाफमै तीन गोल गर्दा मेसीले मार्टिनेज र अल्भारेजको गोलमा असिस्ट गरेका थिए।

दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना शीर्ष स्थानमा छ। १० खेलमा सात जित निकालेको अर्जेन्टिनाले २२ अंक जोडेको छ। समान खेलबाट १९ अंक जोडेको कोलम्बिया दोस्रो स्थानमा रह्यो। १२ अंक जोडेको बोलेभिया सातौँ स्थानमा छ।

मेसीकै कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ को कतार फिफा विश्वकप जितेको थियो। त्यस्तै कोपा अमेरिकाको उपाधि लगातार दोस्रो पटक जितेको छ।

प्रकाशित: ३० असोज २०८१ ७:५५ | Wednesday, October 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast