क्षेत्र विकास कोषले भन्यो : पशुपतिको जग्गामा मारवाडीले मोही दाबी गर्न मिल्दैन

हिमाल प्रेस २९ असोज २०८१ १४:४७
8
SHARES
क्षेत्र विकास कोषले भन्यो :  पशुपतिको जग्गामा मारवाडीले मोही दाबी गर्न मिल्दैन

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति सेवासँग जोडेर कोही कसैले पनि गलत ढंगले अतिक्रमण गर्न नपाउने बताएको छ। आज मंगलबार कोषले पत्रकार सम्मेलनमार्फत मारवाडी सेवा समितिलाई इंगित गर्दै यस्तो बताएको हो।

कोषले पशुपति धर्मशालाको सम्बन्धमा कानुनी प्रधानअनुसार नै अगाडि बढिरहेको भन्दै आगामी दिनमा पनि कानुनी प्रक्रिया अनुसार नै अघि बढ्ने स्पष्ट पारेको छ। पशुपति गौशालाको व्यवस्थापन जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई दिने कोषको निर्णयको मारबाडी सेवा समितिले विरोध गरिरहेको बेला कोषले यस्तो बताएको हो।

‘भगवान् श्रीपशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति सेवासँग जोडेर कोही कसैले पनि गलत ढंगले अतिक्रमण गर्न नदिई भगवानको सम्पत्तिको संरक्षण गर्नु हामी सबैको कर्तव्य हुने कुरामा दुई मत छैन, हुनु पनि हुँदैन। राज्य चलाउन आवश्यक पर्ने राजश्व भन्दा पनि उच्च स्वरूपमा भगवानको शिवस्व, देवस्व र ब्रह्मस्वले यस्तो नियत राख्ने जो कोहीलाई पनि पोल्ने छ भन्ने पनि हामीलाई राम्रोसँग ज्ञान छ’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ पशुपति क्षेत्र विकास कोष अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था भएकोले विधि, कानुन बमोजिम नै सञ्चालन हुन्छ। पशुपति गौशाला धर्मशालाको सम्बन्धमा पनि कानुनी प्रावधान अनुसार नै अगाडि बढिरहेको र आगामी दिनमा पनि कानुनी प्रक्रिया अनुसार रीत पुयाई अगाडि बढ्ने ब्यहोरा जानकारी गराउँदछौ।’

यस्तै विज्ञप्तिमा गौशाला धर्मशालाको मोहीका सम्बन्धमा पनि उल्लेख गरिएको छ। जसमा २०२१ सालको नापीमा गौशाला रहेको र २०४२ सालको नापीमा गाइगोड र धर्मशाला भनेर पानी भएको उल्लेख छ। कोही कसैले कुनै व्यक्ति विशेष वा कुनै निकायलाई अन्यथा लेखिदिएकै भएपनि सोही आधारमा कानुनी हक प्राप्त गरेको मान्न नसकिने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २९ असोज २०८१ १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast