काभा पुरुष भलिबल : नेपाल फाइनलमा प्रवेश

हिमाल प्रेस २५ असोज २०८१ १८:४१ | Friday, October 11, 2024
काभा पुरुष भलिबल : नेपाल फाइनलमा प्रवेश

काठमाडौँ– सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनशिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

श्रीलंकाको कोलम्बोमा शुक्रबार भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई ३–० सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। आजको खेलमा नेपालले पहिलो सेट २५–१४, दोस्रो सेट २५–२१ र अन्तिम सेट २५–२० अंकले जितेको हो।

जितसँगै नेपालले पाँच खेलबाट १० अंक जोडेको छ। यसअघि नेपालले श्रीलंका र माल्दिभ्सलाई समान ३–० सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३–१ र किर्गिस्तानसँग ३–२ सेटमा हार बेहोरेको थियो।

तुर्कमिनेस्तानले पाँच खेलबाट समान १० अंक नै जोडेको छ। उसले माल्दिभ्स र किर्गिस्तानलाई समान ३–० तथा श्रीलंकालाई ३–१ को सेटमा पराजित गरेको थियो भने तुर्कमिनेस्तान उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो। शनिबार नेपाल र उज्वेकिस्तानबीच फाइनल खेल हुनेछ।

प्रकाशित: २५ असोज २०८१ १८:४१ | Friday, October 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast