धौलागिरिमा पाँच रुसीको मृत्यु : बीचबाटै फर्कन लाग्दा ज्यान गुम्यो

हिमाल प्रेस २२ असोज २०८१ २१:५७
104
SHARES
धौलागिरिमा पाँच रुसीको मृत्यु : बीचबाटै फर्कन लाग्दा ज्यान गुम्यो

पोखरा- धौलागिरि आरोहणका क्रममा बीच बाटै फर्कन लाग्दा पाँच रुसी नागरिकको ज्यान गएको पाइएको छ। मंगलबार पाँच रुसी नागरिकको शव भेटिएको थियो। पर्यटन विभागका साहसिक तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले आरोहणका क्रममा उनीहरूले ८ हजार मिटर हाराहारीमा पुगेपछि थप अगाडि बढ्न नसक्ने निष्कर्षसहित आइतबार तल्लो शिविरमा फर्कने निर्णय लिएका थिए।

त्यस क्रममा आरोहीहरुको मृत्यु भएको निर्देशक गुरुङले बताए। ‘आफूहरू फर्कने निर्णयमा पुगेको जानकारी उनीहरूले आफ्ना साथीलाई आधार शिविरमा गराएका रहेछन्,’ गुरुङले भने, ‘रातको ११ बजेपछि उनीहरुसँगको सम्पर्क टुटेको थियो। सोमबार दिनभर गरिएको खोजी अभियानपछि मंगलबार बिहान मात्र मृत फेला पारिएको हो।’

आईएएम ट्रेकिङबाट यस सिजनका लागि १४ जना रुसी आरोहीले अनुमति लिएका थिए।

आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन आरोहीहरुको खोजी गर्ने क्रममा मृत फेला पारिएको निर्देशक गुरुङले जनाए। उनका अनुसार शव संकलन भइसकेको छैन। त्यस क्षेत्रको मौसम प्रतिकूल रहेकाले आधार शिविरमा झार्न नसकिएको पर्यटन विभागले जनाएको छ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पर्यटन विभागले शव ल्याउनेमा आफूहरुले समन्वयमात्र गर्ने बताए ।

मंगलबार दिउँसो पौने २ बजेतिर प्रभु हेलिकोप्टरले शव पत्ता लगाएको गुरुङले बताए। १४ जना आरोही दुई टिममार्फत धवलागिरि हिमाल आरोहणका लागि गएका थिए। ६ जनाले आरोहण गर्न नसक्ने भएपछि फर्किएका थिए। ८ जनामध्ये २ जनाले सफल आरोहण गरी आधार शिविरमा फर्किसकेका छन्। बाँकी ६ जना पनि आरोहणमा जाँदै गर्दा एक जना बीच बाटोबाटै आधार शिविरमा फर्किएका थिए। आरोहणका लागि अघि बढेका ५ जनाको भने ज्यान गएको हो।

धौलागिरिमा बेपत्ता पाँच रुसी नागरिकको शव भेटियो

 

प्रकाशित: २२ असोज २०८१ २१:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =