पहिरोमा पुरिएर मृत्यु भएका ६ खेलाडीका परिवारलाई एन्फाले जनही ८ लाख रूपैयाँ राहत दिने

हिमाल प्रेस २० असोज २०८१ २०:२७
16
SHARES
पहिरोमा पुरिएर मृत्यु भएका ६ खेलाडीका परिवारलाई एन्फाले जनही ८ लाख रूपैयाँ राहत दिने

काठमाडौँ- अखिल नेपाल फुटबल संघ ९एन्फा०ले पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरूप ८-८ लाख रूपैयाँ उपलब्ध गराउने भएको छ।

एन्फाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीस्थित श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको एकेडेमीमा अभ्यासमा रहेका आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमन योञ्जनको पहिरोमा परेर मृत्यु भएको थियो।

आइतबार बसेको एन्फा कार्यसमितिको आपतकालीन बैठकले उनीहरूको परिवारलाई राहतस्वरुप उक्त रकम दिने निर्णय गरेको हो। बैठकले प्रत्येक दिवंगत खेलाडीको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोष खोलिदिने निर्णय पनि गरेको छ।

उक्त घटनाबारे सत्यतथ्य विवरण संकलन गरी एक महिना भित्र प्रतिवेदन पेस गर्ने गरी एन्फा केन्द्रीय सदस्य विकासनारायण श्रेष्ठको नेतृत्वमा तीन सदस्सीय छानबिन समिति पनि गठन गरिएको छ।

प्रकाशित: २० असोज २०८१ २०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =