बाढीपहिरोपछि काम गर्दैन मोबाइल नेटवर्कले, रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

हिमाल प्रेस १८ असोज २०८१ १४:२०
8
SHARES
बाढीपहिरोपछि काम गर्दैन मोबाइल नेटवर्कले, रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले गत शुक्रबार र शनिबारको बाढीपहिरोपछि देखिएको मोबाइल नेट्वर्कको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। रास्वपा उपसभापति एवम् सांसद डीपी अर्यालले विपद्पछि मोबाइल नेटवर्क कमजोर र डाटासमेत नचल्ने समस्याप्रति सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराएका हुन्।

शुक्रबार उपसभापति अर्यालले विपद्पछि मोबाइलमा नेटवर्क नहुने र डाटासमेत नचल्ने समस्याका कारण चाडपर्वका बेला घर जाने सर्वसाधारण समस्यामा परेको भन्दै तत्काल समाधानको पहल गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराएका हुन्।

प्रकाशित: १८ असोज २०८१ १४:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =