‘एक्टर’ र ‘कमेडी दरबार’ले देशका प्रमुख सहरमा बृहत् खुला कार्यक्रम गर्ने

हिमाल प्रेस १८ असोज २०८१ १०:४७
4
SHARES
‘एक्टर’ र ‘कमेडी दरबार’ले देशका प्रमुख सहरमा बृहत् खुला कार्यक्रम गर्ने

काठमाडौँ- फिल्म ‘एक्टरः टेक वन’ ले लोकप्रिय बन्दै गइरहेको कमेडी रियालिटी सो ‘कमेडी दरबार’ सँगको सहकार्यमा राष्ट्रिय स्तरको प्रचारात्मक टुर आयोजना गर्ने भएको छ। टुर काठमाडौँ उपत्यका बाहिरका ६ मुख्य सहर इटहरी, नारायणगढ, बुटवल, नेपालगन्ज, दाङ, र पोखरामा हुनेछ।

टुर कार्तिक १ देखि ७ गतेसम्म आयोजना हुनेछ। कार्तिक १ गते सुनसरीको इटहरीबाट सुरु भई, २ मा चितवनको नारायणगढ, ३ मा रुपन्देहीको बुटवल, ४ मा बाँकेको नेपालगञ्ज, ५ मा दाङको तुलसीपुर, र अन्तिम कार्यक्रम ७ गते कास्कीको पोखरामा सम्पन्न हुनेछ।

फिल्मका निर्माता थमन कुमार भण्डारीले कार्यक्रममा स्थानीय प्रतिभाहरूलाई पनि स्थान दिने जानकारी दिएका छन्। लिभेन्ट्स स्टुडियोजले व्यवस्थापन गर्ने यो कार्यक्रम खुला र निःशुल्क हुनेछ।

प्रत्येक कार्यक्रममा फिल्मका कलाकार प्रदीप खड्का, अना शर्मा, दिव्या रायमाझीलगायतको प्रस्तुति हुनेछ भने ‘कमेडी दरबार’ का चर्चित कमेडियन सुन्दर खनाल, पवन खतिवडा (म्याकुरी), हिमेश पन्त, सरोज भण्डारी, उत्सव सापकोटा, विकास अर्याल, पवित्रा शाकी (मिस पबी), सिडी विजय अधिकारी, नम्रता सापकोटा, बिक्की अग्रवाललगायतको सहभागिता रहनेछ।

फिल्म कार्तिक १५ गते लक्ष्मीपूजाको दिन प्रदर्शन हुनेछ। फिल्ममा प्रदिप खड्का, राजबल्लभ कोइराला, अन्ना शर्मा, दिव्या रायमाझी, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारको अभिनय छ। फिल्म राजन भुसालले निर्देशन गरेका छन् भने कथा आकाश बराल र राजन भुसालले लेखेका हुन्।

अदृत फिल्म्स र मोती फिल्म्सको संयुक्त प्रस्तुति रहेको फिल्मका निर्माता थमन कुमार भण्डारी र सह–निर्माता अनिश भुसाल हुन्।

नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत, शिशिर खाती र किरण थापाको कोरियोग्राफी, अष्ट महर्जनले द्वन्द्व निर्देशन छ।

प्रकाशित: १८ असोज २०८१ १०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =