इजरायली आक्रमणको केही दिनमा सिरियामा इरानी सैन्य सल्लाहकारको मृत्यु

हिमाल प्रेस १७ असोज २०८१ १९:३४
16
SHARES
इजरायली आक्रमणको केही दिनमा सिरियामा इरानी सैन्य सल्लाहकारको मृत्यु

तेहरान (रासस/एएफपी)- सिरियामा रहेको रिभोल्युसनरी गार्डका एक इरानी सैन्य अधिकारीको यसै साताको सुरुमा दमास्कसमा भएको इजरायली आक्रमणमा चोट लागेपछि बिहीबार निधन भएको इरानी सञ्चारमाध्यमले बताएको छ।

सैन्य ‘सल्लाहकार’ मजिद दिवानी ‘तीन दिनअघि दमास्कसमा भएको इजरायली आक्रमणमा घाइते भएको’ र बिहीबार उनको मृत्यु भएको तस्निम न्युज एजेन्सीले दाबी गरेको छ। सिरियाका साथै लेबनानमा हालैका इजरायली आक्रमणहरूमा आफ्नो पंक्तिमा धेरै मृत्युको घोषणा गरेको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्सले दिवानीको मृत्युको पुष्टि गरेको छैन।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स युद्ध अनुगमनकर्ताका अनुसार मंगलबार दमास्कस क्षेत्रलाई लक्षित गरी भएको इजरायली आक्रमणमा तीन सर्वसाधारण र तीन इरान समर्थित लडाकूसहित कम्तीमा ६ जनाको मृत्यु भएको थियो।

सन् २०११ मा सिरियाको गृहयुद्ध सुरु भएयता इजरायलले सिरियामा धेरै आक्रमण गरेको छ। विशेष गरी सेनाको चौकीहरू र इरान समर्थित लडाकूहरूलाई लक्षित गरेको छ।

इजरायली अधिकारीहरूले सिरियामा भएका व्यक्तिगत आक्रमणहरूबारे बिरलै टिप्पणी गरेको भए पनि उनीहरूले सिरियामा इरानको उपस्थिति विस्तार रोक्ने बारम्बार वाचा गरेका छन्।

सिरियाली राष्ट्रपति बशर अल–असदको नजिकको सहयोगी इरानले भने सिरियामा आफ्नो लडाकू सेना नभएको बरु सैन्य सल्लाह र प्रशिक्षण प्रदान गर्ने अधिकृतहरू मात्र रहेको बताएको छ।

यस साता तेहरान समर्थित लडाकू नेताहरूको हत्या भएपछि इरानले इजरायलमाथि दर्जनौँ क्षेप्यास्त्रहरूसहित दोस्रोपटक आक्रमण गर्‍यो।

प्रकाशित: १७ असोज २०८१ १९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast