यस्तो छ ‘१२ गाउँ’ को ट्रेलर

हिमाल प्रेस १५ असोज २०८१ १४:४२
6
SHARES
यस्तो छ ‘१२ गाउँ’ को ट्रेलर

काठमाडौँ- फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर मंगलबार बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो। तीन मिनेट ३४ सेकेन्डको ट्रेलरमा विराज भट्टलाई बाघको रुपमा चित्रण गरिएको छ। त्यस्तै समीर भट्टलाई गुण्डाको नाइके। फिल्ममा १२ गाउँमा राज गरी बसेको मुरलीधरको साम्राज्य ध्वस्त पार्ने  बदलाकाे कथामा आधारित रहेकाे अनुमान गर्न सकिन्छ।

फिल्म विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको दसैँको फूलपाती अर्थात् असोज २४ गतेबाट प्रदर्शन हुनेछ। एक्सन र थ्रिलर जनरामा बनेको फिल्ममा विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ।

फिल्ममा डेब्यु कलाकार समीर भट्ट, पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईसहित विराज भट्ट, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ।

फिल्म स्टन्ट सिल्भा शंकर महर्जनको भारतीय द्वन्द्व निर्देशन, अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी, प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादनमा बनेको छ। काठमाडौँ, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको फिल्मका छायाकार महेश पौडेल हुन्।

प्रकाशित: १५ असोज २०८१ १४:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =