लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा

हिमाल प्रेस १४ असोज २०८१ १५:३७
6
SHARES
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा

रुपन्देही- लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ। १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाबमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको सुनिश्चित गरिएपछि लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन्।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ रणनीतिअनुसार १६ देखि ५९ महिनाका १३० शून्य डोजका र दुई हजार ३४३ खोप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खोजी गरेर पूर्ण खोप लगाइएको छ।

लुम्बिनीमा दुई लाख ६२ हजार ८५६ बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गरिएपछि पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो। घोषणा कार्यक्रममा स्वास्थ्यमन्त्री खेम सारुलगायत स्थानीय तहका प्रमुख रउपप्रमुखहरूको सहभागिता थियो।

बालबालिकामा विभिन्न सरुवा रोगविरुद्ध खोप लगाइँदै आएको छ। क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिन्जाइटिस, जापानिज इन्सेफलाइटिस, टाइफाइड, रोटा भाइरसबाट हुने झाडापखालाविरुद्ध खोप उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: १४ असोज २०८१ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twenty =