प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनको राजदूत चेन सोङ
काठमाडौँ- प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनको राजदूत चेन सोङबीच भेटवार्तामा भएको छ।
दुवै जनाबीच जङ्गी अड्डास्थित प्रधान सेनापतिको कार्यकक्षमा भेटवार्ता भएको हो।
भेटका क्रममा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
यस्ता भेटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ।
प्रकाशित: १३ असोज २०८१ १८:४५ | Sunday, September 29, 2024
प्रतिक्रिया





