नक्खु खोलामा फसेकालाई हेलिकप्टरबाट उद्धार

हिमाल प्रेस १२ असोज २०८१ १४:५१
32
SHARES
नक्खु खोलामा फसेकालाई हेलिकप्टरबाट उद्धार

काठमाडौँ- ललितपुरको नक्खु खोलामा फसेकालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। नक्खु खोलाको बाढीमा फसेकालाई हेलिकप्टरबाट उद्धार गरिएको हो।

खोलामा बाढी आएपछि त्यहाँ कैयौं मानिसहरू फसेका थिए। उद्धारका लागि अन्य कुनै उपाय नलागेपछि हेलिकप्टर प्रयोग गरिएको हो।

पछिल्लो तीन दिनदेखि लगतार भइरहेको अविरल वर्षाका कारण उपत्यका भित्रका खोलाहरूमा पानीको सतह उच्च देखिएको छ। यहाँका बागमती, नक्खु, बल्खु, हनुमन्ते, विष्णुमती खोलामा पानीको उच्च बहाब छ। पानीको सतह निरन्तर बढिरहेकाले सडकसम्म आउनसक्ने भन्दै त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यस्तै मनोहरा, घट्टेखोलालगायतका खोलाहरूमा आएको बाढीका कारण सडक र बस्ती डुबानमा परेका छन्। अत्याधिक वर्षाका कारण उपत्यकाका केही स्थानमा विद्युत आपूर्तिसमेत अवरूद्ध भएको छ।

सुरक्षाकर्मीले यसरी गर्दैछ उद्धार (तस्बिरहरू)

 

प्रकाशित: १२ असोज २०८१ १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =