प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट

हिमाल प्रेस ७ असोज २०८१ १८:५० | Monday, September 23, 2024
प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीच भेटवार्ता भएको छ। दुवै जनाबीच सैनिक मुख्यालय जङ्गी अड्डामा सोमबार शिष्टाचार भेटवार्ता भएको हो।

त्यस्तै, आजै प्रधान सेनापति र नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सईद मुबारक जारवान अल शम्सीबीच पनि जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।

उक्त भेटवार्तामा आपसीहित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। यस किसिमको भेटघाटले दुई देशबीच रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ।

प्रकाशित: ७ असोज २०८१ १८:५० | Monday, September 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast