‘१२ गाउँ’ को गीत ‘कसो कसो’

हिमाल प्रेस ७ असोज २०८१ १६:१३ | Monday, September 23, 2024
‘१२ गाउँ’ को गीत ‘कसो कसो’

काठमाडौँ-  फिल्म ‘१२ गाउँ’ को ‘कसो कसो’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा सुगम पोखरेल र सदीक्षा कट्टेलले स्वर छ। सुवास चन्द्र ढुंगेलको शब्द रहेको गीतमा निरज सिंहको संगीत र सौरभ लोखंडेको संगीत संयोजन छ।

मजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार समीर भट्ट र सोनु चन्द्रपालको रोमान्टिक अभिनय देख्न सकिन्छ।

अभिनेता विराज भट्टको निर्देशन रहेको एक्सन- थ्रिलर जनरामा बनेको फिल्म यही असोज २४ मा दसैंको फूलपातीमा प्रदर्शन हुँदैछ।

फिल्ममा विराज भट्ट, समीर भट्ट, सोनु चन्द्रपाल, दीया मास्के, मुरलीधर, सनिशा भट्टराई, नरेन खड्का, न्यान्सी खड्का, स्टन्ट शिल्भा, सन्तोष सरकार, कनिज कोइराला, शुलेमान शंकर ९इकु०, कृष्ण भट्टलगायत कलाकारको अभिनय छ।

यो विराजका छोरा समीर, पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल तथा गुजराती तथा दक्षिण भारतीय फिल्म र टिभी सिरियलकी अभिनेत्री सनिशा भट्टराईको डेब्यु फिल्म हो।

सन्तोष सरकारको लेखन रहेको फिल्ममा महेश पौडेल र राजु लामाको डिओपी, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, सुनील क्षेत्री र रामजी लामिछानेको कोरियोग्राफी, भूपेन्द्र अधिकारी र प्रवीन केएलको सम्पादन छ।

प्रकाशित: ७ असोज २०८१ १६:१३ | Monday, September 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast