मधेश प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य

हिमाल प्रेस ४ असोज २०८१ २१:१८
4
SHARES
मधेश प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा– मधेश प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी चालु तेस्रो अधिवेशन अन्त्य गरेकी हुन्।

प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु तेस्रो अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए।

गत जेठ २१ गतेदेखि सुरु भएको तेस्रो अधिवेशनमा ३४ वटा बैठक बसेको थियो। चालु अधिवेशनबाट बालिका संरक्षण विधेयक, स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधाबारे व्यवस्था गर्न बनेको विधेयक तथा मधेश प्रदेशमा खेलकुदको विकास गर्नका लागि बनेको विधेयक प्रदेश सभाको बैठकले पारित गरेको थियो।

प्रकाशित: ४ असोज २०८१ २१:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seventeen =