यी हुन् संसद् नजाने सांसदहरू

हिमाल प्रेस ३१ भदौ २०८१ १६:०४
16
SHARES
यी हुन् संसद् नजाने सांसदहरू प्रतिनिधिसभा बैठक

काठमाडौँ- प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ। आज सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले संसद् बैठकको अन्त्य हुने घोषणासँगै चालु अधिवेशनमा संसद् नआउने सांसदहरूको नाम पनि पढेर सुनाए। उनले लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित हुनेहरूको नाम सार्वजनिक गरेका हुन्। प्रतिनिधिसभाको चौथो अधिवेशन १३० दिन चलेको थियो।

संसद् बैठकमा सबैभन्दा धेरै गयल हुनेमा सांसद गिता बस्नेत छिन्। उनी स्वास्थ्य उपचारमा रहेको बताइएको छ। उनी जम्मा ४७ वटा बैठकमा सहभागी नभएको संसद् सचिवालयले जनाएको छ। उनीपछि संसद्‌मा गयल हुनेमा मनोरमा शेरचन छन् उनी ५६ बैठकमा सहभागी नभएको बताइएको छ। उनी पनि उपचारकै क्रममा रहेको बताइएको छ।  त्यस्तै ५६ वटामात्रै बैठकमा सहभागी नहुने सांसद हुन् अम्बिका बस्नेत। उनी पनि उपचाररत रहेको भनिएको छ। ५६ बैठकमा मात्रै सहभागी हुने अर्का सांसद हुन् दीपक बोहोरा। उनी पनि उपचारकै क्रममा रहेको भनिएको छ। मस्तिस्कघात भएर उपचारकै क्रममा रहेका सांसद बसन्तकुमार नेम्वाङ पनि ५६ बैठकमा सहभागी नभएको बताइएको छ।

हेर्नुस् सूची

प्रकाशित: ३१ भदौ २०८१ १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 11 =