वन कार्यालयले एक लाख ३८ हजार बिरुवा बाँड्यो

हिमाल प्रेस ३० भदौ २०८१ १२:५५ | Sunday, September 15, 2024
वन कार्यालयले एक लाख ३८ हजार बिरुवा बाँड्यो

चितवन- जिल्लामा ३१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको छ। गत असार १५ गतेदेखि हालसम्म सो क्षेत्रफलमा वृक्षारोपण गरिएको हो।

जिल्लाका विभिन्न संस्थाले सो क्षेत्रफलमा गत वर्ष बहुवर्षीय र सिजनल बिरुवा रोपेका हुन्। डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार सो क्षेत्रफलमा एक लाख ३८ हजार चार सय ८६ बिरुवा रोपिएको छ। त्यसमध्ये ६६ हजार पाँच सय सिजनल बिरुवा हुन भने ७१ हजार नौ सय ८६ बहुवर्षीय बिरुवा रहेका छन्।

बहुवर्षीय बिरुवा आर्थिक वर्ष २०७८/७९ देखि उत्पादित बिरुवा हुन्। त्यसमा म्याङगोस्टिङ्ग, वीरेन्द्रफूल, कपुर, धुपी, रानीवेल, श्रीखण्ड, अम्बा, कागती, रक्तचन्दन, निम, तेजपत्ता, राजवृक्ष जस्ता बिरुवा वितरण गरिएको उनले जानकारी दिए। पौडेलका अनुसार डिभिजन वन कार्यालयअन्तर्गत सिजनल बिरुवा १६ हजार पाँच सय र जिल्ला वन पैदावार आपूर्ति समितिको बजेटबाट ५० हजार बिरुवा वितरण गरिएको हो।

जिल्लामा रहेका १५ संस्थाले ती बिरुवा लगेर वृक्षारोपण गरेका हुन्। सामुदायिक वन, कवुलियती वन, सार्वजनिक क्षेत्र, नदी उकास क्षेत्र-नदी किनार तथा निजी जग्गामा वृक्षरोपण गरिएको उनले बताए। पौडेलले भने, ‘वृक्षरोपण गरिएको छ, ती बिरुवा कतिको बाँचे भन्ने हेर्न बाँकी छ।’

अघिल्ला आर्थिाक वर्षमा वृक्षारोपण गरेर हेरचाह नगर्दा बिरुवा मर्ने गरेको गुनासो आएसँगै यस वर्ष अनुगमन गरि बिरुवाको हेरचाह नगर्ने संस्थालाई आगामी वर्षमा बिरुवा दिन रोकिने उनले बताए। कार्यालयले यस वर्ष ३० हजार बहुवर्षीय बिरुवा उत्पादन गरेको उनले बताए।

प्रकाशित: ३० भदौ २०८१ १२:५५ | Sunday, September 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast