ब्राजिल लागे वनमन्त्री

हिमाल प्रेस २५ भदौ २०८१ ७:५६
10
SHARES
ब्राजिल लागे वनमन्त्री

काठमाडौँ- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी ब्राजिल प्रस्थान गरेका छन्।

ब्राजिलको रियो दि जेनेरियो सहरमा हुने ‘वन प्लानेट नेटवर्क फोरम’को सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गए राति शाही त्यसतर्फ प्रस्थान गरेका हुन्।

ब्राजिल सरकार तथा संयुक्त राष्ट्रसंघअन्तर्गत वातावरण संस्था ‘यूएनइपी’को संयुक्त आयोजनामा हुने सम्मेलन यही भदौ २७ र २८ गतेसम्म हुने मन्त्रालयले जनाएको छ। ‘दिगो उत्पादन तथा प्रयोग र चलायमान अर्थतन्त्र अवधारणा’ विषयक ज्ञानलाई सम्बोधन गरी समझदारी तथा अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यका साथ हुन लागेको सम्मेलनलाई मन्त्री ठकुरीले भदौ २८ गते सम्बोधन गर्ने तालिका छ।

न्यायोचित तथा दिगो भविष्य बनाउनका लागि जलवायु परिवर्तनजस्ता सङ्क्रमण अवस्थालाई गतिशील गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज र सम्बन्धित सरोकारवालाबीच सहकार्य र समझदारीको विकास गर्ने सम्मेलनको उद्देश्य रहेको छ। मन्त्री ठकुरी भदौ ३० गते स्वदेश फर्कनेछन्। रासस

प्रकाशित: २५ भदौ २०८१ ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast